Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बहराइनविरुद्ध टस हारेर फिल्डिङ गर्दै नेपाल

काठमाडौं । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपालले दोस्रो खेलमा बहराइनसँग टस हारेर फिल्डिङको निम्तो पाएको छ ।

बहराइनकी कप्तान दिपिका मुदियान्सिलागेले टस जितेर नेपाललाई फिल्डिङको निम्तो दिएकी हुन् ।

नेपालले पहिलो खेलमा आयोजक टिम मलेसियालाई ५ रनले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ ।

पहिलो खेलमा नेपालले मलेसियालाई ५ रनले पराजित गर्दै खेलमा विजयी सुरुवात गरेको छ। बहराइनले कतारलाई ५ विकेटले पराजित गरेको थियो।

नेपालको प्लेइङ ११ मा रुबिना क्षेत्री (कप्तान), सीता रानामगर, अस्मिना कर्माचार्य, इन्दु बर्मा, काजोल श्रेष्ठ, पूजा महतो, सम्झना खड्का, खुसी डंगोल, कविता जोशी, कविता कुँवर र अप्सरी बेगम छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077