Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

महिला विश्वकप छनोट : बहराइनविरुद्ध नेपालको शानदार जित

काठमाडौं । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपालले बहराइनलाई १० विकेटको फराकिलो अन्तरले पराजित गरेको छ ।

मलेसियाको सिलोंग्र ट्रफमा लगातार दोस्रो जित हात पार्ने क्रममा बहराइनलाइनलाई १० विकेटले पराजित गरेको हो ।

बहराइनले दिएको ३२ रनको लक्ष्य नेपालले २ दशमलब ५ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । नेपालको जितमा ओपनर कबिता कुवरले १४ बलमा १८ रन बनाईन् । अर्का ओपनर सिता रानामगरले ३ बलमा २ रन बनाईन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बहराइनले १५ दशमलब ४ ओभरमा ३१ रनमा अलआउट भएको थियो । बहराइनका लागि कप्तान दीपिकाले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि इन्दु बर्माले ३ तथा खुसी डंगोलले २ विकेट लिईन् । पूजा महतो, रुबिना क्षेत्री र कबिता कुँवरले समान १/१ विकेट लिईन् ।

नेपालले तेस्रो खेलमा १७ गते भुटानसँग र चौथो खेलमा १८ गते कतारसँग खेल्दैछ । नेपालले समूह चरणको अन्तिम खेलमा १९ गते युएईसँग खेल्दैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077