Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कांग्रेसमाथि चौतर्फी आक्रमण भयो, अब एकढिक्का हुनुपर्छ : शेखर कोइराला

तनहुँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले कांग्रेसमाथि चौतर्फी आक्रमण भइरहेको बताएका छन्।

दमौलीस्थित वीपी स्मृति भवनमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।

नेता कोइरालाले यस्ता आक्रमणलाई परास्त गर्न सबै एक ढिक्का भएर लाग्नुपर्नेमा जोड दिए।

नेता कोइरालाले भने,‘सबै तवरबाट भएको आक्रमणलाई परास्त गर्न आवश्यक छ, त्यसैले अब कांग्रेस एकढिक्का हुनुपर्छ।’

उपनिर्वाचनमा विजयी हुन नसके पनि निराश हुनुपर्ने अवस्था नरहेको चर्चा गर्दै उनले तनहुँ कांग्रेसको गढ हो चिन्ता लिनुपर्ने अवस्था छैन तर नेतृत्वले एक ढिक्का बनाउन प्रयत्नरत हुनुपर्नेमा जोड दिए।

कोइरालाले आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनावी मैदान उत्रने गरी नेतृत्वले भूमिका निर्वाह गर्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077