Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सूर्यको अध्ययन गर्न शनिबार अन्तरिक्षमा यान पठाउँदै भारत

एजेन्सी । भारतले सूर्यको अनुसन्धान गर्न अन्तरिक्ष यान पठाउने भएको छ ।

चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक यान अवतरण गराउने पहिलो देश बन्न सफल भएको एक हप्तापछि नै भारतले सूर्यको अनुसन्धान गर्न अन्तरिक्ष यान पठाउन लागेको हो ।

शनिवार स्थानीय समयअनुसार बिहान ११ बजेर ५० मिनेटमा आदित्य एल–१ यान अन्तरिक्षमा पठाउने भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले जनाएको छ ।

भारतको चेन्नईबाट एक सय किलोमिटर उत्तरमा पर्ने श्रीहरिकोटमा रहेको अन्तरिक्ष यान प्रक्षेपणस्थलबाट यानलाई अन्तरिक्षमा पठाइने इसरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077