Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चीनलाई नेपालको जवाफ - हाम्रो नक्सालाई अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्छ

काठमाडौं । नेपालको संसद्ले सन् २०२० मा सर्वसम्मत रुपमा स्वीकृत गरेको राजनीतिक र प्रशासनिक नक्सालाई अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्ने बताएको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आफ्नो नक्सामा नेपाल दृढ र स्पष्ट उभिएको बताएको हो ।

चीनले गएको सोमवार जारी गरेको आफ्नो देशको नयाँ नक्सामा यसअघि नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रलाई समेटेर सार्वजनिक गरेको नक्सालाई बेवास्ता गरेको नेपालको ठहर छ । चीनले २८ अगस्ट २०२३ मा जारी गरेको ‘स्ट्यान्डर्ड म्याप’मा नेपालको चुच्चे पुरानै नक्सा देखिएपछि मन्त्रालयले आफ्नो धारणा प्रष्ट पारेको हो ।

“सन् २०२० मा नेपालको संसद्ले सर्वसम्मतिले स्वीकृत गरेको राजनीतिक र प्रशासनिक नक्सामा नेपाल दृढ र स्पष्ट उभिएको छ,” विज्ञप्तिमा भनिएको छ, “यो नक्सालाई हाम्रा छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्छ भन्ने नेपाल सरकार स्पष्ट रूपमा विश्वास गर्छ ।”

आफ्ना सीमा मामिलाहरूलाई वार्ता र कुटनीतिमार्फत समाधान गर्न नेपाल प्रतिबद्ध रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

चीनले जारी गरेको नयाँ नक्सामा नेपालले सन् २०२० मा संविधान संशोधन गरेर थप गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र भारतमै देखाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077