Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

नौ किलो सुन तस्करकै हातमा पुगेर बिक्री

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट चोरी भएको करिब नौ किलो सुन दाओजिन वाङकै हातमा पुगेर बिक्री भएको खुलेको छ । वाङ सुन तस्करीमा संलग्न चिनियाँ गिरोहका प्रमुख व्यक्ति हुन् ।

फागुन अन्तिम साता सुन निकाल्न सहयोग गर्ने भन्सार एजेन्ट दिनेश बस्नेतका भाइ दीपेश बस्नेत (हाल फरार) र उनका भिनाजु गोपाल सुवेदीमार्फत वाङसम्म सो सुन पुर्‍याइएको थियो ।

भन्सार एजेन्टहरूसँग कुरा मिलाउन बिचौलियाको काम गर्ने लोकेन्द्र पौडेलमार्फत चिनियाँ नागरिक ली हानसोङले ई-सिगरेट ( विद्युतीय चुरोट) भित्र राखेर ल्याएको सुन वाङले हात पारेका थिए ।

'ठुलै धनराशि खर्चेर सो सुन उनले हात हात पारेका रहेछन् । सुन हात पार्न भन्सारका कर्मचारी रेवन्त खड्कालाई ६५ लाख दिइएको रहेछ । त्यसमा अन्य खर्चसहित करिब २ करोड लागेको रहेछ,' स्रोतले भन्यो । नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077