Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एसिया कप : चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान भिड्दै

काठमाडौं । एसिया कप क्रिकेटमा आज चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । दुई देशबीचको खेल नेपाली समयानुसार सवा ३ बजे श्रीलंकामा शुरू हुनेछ । भारत पहिलो खेलबाट सुखद सुरुआत गर्न चाहन्छ ।

एसिया कपको मूल आयोजक पाकिस्तान भए पनि भारतले त्यहाँ गएर खेल्न अस्वीकार गरेपछि श्रीलंकामा खेल हुन लागेको हो । भारतले एसिया कप २०२३ का सबै खेल श्रीलंकामा खेल्दैछ । इंग्ल्याल्याण्डमा सन् २०१९ एकदिवसीय विश्वकप खेलेपछि भारत–पाकिस्तान पहिलोपटक एकदिवसीय खेलमा भिड्न लागेका हुन् ।

गत वर्षको टी–२० एसिया कपमा भारत र पाकिस्तान दुई पटक भिडेका थिए। पहिलो खेलमा भारतले पाँच विकेटको जित निकाल्दा पाकिस्तानले सुपर फोरको खेलमा भारतलाई पाँच विकेटले नै हराएको थियो । उनीहरू दुवै उपाधि दाबेदार पनि हुन् ।

अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका गरी पाँच टेस्ट तथा छनोट प्रतियोगिता जितेको नेपालले गरी ६ देश सहभागी छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077