Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

गोरखामा मुख्य सडकमै ‘कुकर बम’ भेटियो, सवारी साधन ठप्प

गोरखा । गोरखामा शंकास्पद वस्तु भेटिएको छ । सदरमुकामको मुख्य सडकमा कुकर बम जस्तै देखिने शंकास्पद वस्तु भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार गोरखा नगरपालिका-९ कट्टेलचोकको बीच सडकमा शंकास्पद वस्तु भेटिएको छ ।

शंकास्पद वस्तुसंगै हँसिया हथौडा अंकित झण्डा पनि छाडिएको छ । बिहान पाँच बजे कुकर बम जस्तै देखिने वस्तु फेला परेपछि सर्वसाधारणले प्रहरीमा खबर गरेको बताइएको छ ।

अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली सो स्थानमा पुगेको छ । केही समयमा नेपाली सेनाको बम डिस्पोज टोलीले डिस्पोज गर्ने तयारी गरिरहेको गोरखा प्रहरीले जनाएको छ ।

शंकास्पद वस्तु भेटिएपछि गोरखा सदरमुकामको मुख्य मार्ग हुँदै चल्ने सबै सवारी साधन बन्द रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077