Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

गोरखा सदरमुकामको मुख्य सडकमा भेटिएको ‘कुकर बम’ डिस्पोज

गोरखा । गोरखा सदरमुकामको मुख्य सडकमा भेटिएको ‘कुकर बम’ डिस्पोज गरिएको छ ।

गोरखा नगरपालिका-९ कट्टेलचोकको बीच सडकमा शंकास्पद वस्तु भेटिएको शंकास्पद वस्तुलाई नेपाली सेनाको बम डिस्पोज टोली आएर डिस्पोज गरेको हो ।

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार उक्त कुकरमा केही बारुद र सिसा भेटिएको छ । ‘कुकर बम’सँगै हँसिया हथौडा अंकित झण्डा पनि राखिएको छ । बिहान पाँच बजे कुकर बम जस्तै देखिने वस्तु फेला परेपछि सर्वसाधारणले प्रहरीमा खबर गरेका थिए।

बम डिस्पोज गरेसँगै बिहान ५ बजेदेखि अवरुद्ध रहेको गोरखा आँबुखैरेनी सडक सुचारु भएको छ। एमसीसी कार्यान्वयनको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले प्रेस विज्ञप्ति जारी गर्दै आज नेपाल बन्दको आह्वान गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077