Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भारतविरुद्ध टस हारेर फिल्डिङ गर्दै पाकिस्तान

काठमाडौं । एसिया कप क्रिकेटमा पाकिस्तानले भारतविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

पाल्केले स्टेडियममा भएको टसमा भारतका कप्तान रोहित शर्माले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

पाकिस्तानले भारतविरुद्ध केही बेरमा बलिङ थाल्नेछ । पहिलो खेलमा नेपाललाई हराएको पाकिस्तान आजको खेलमा जित निकाल्दै सेमिफाइनलमा स्थान बनाउने योजनामा छ ।

यता भारत पनि आजको खेलमा जित निकाल्दै सुखद सुरुवात गर्ने योजनामा छ । पाकिस्तानको यो दोस्रो खेल हो भने भारतको पहिलो हो।

यसअघि नेपाललाई जितेको पाकिस्तान खुलेर खेल्नेछ। भारत र पाकिस्तान चार वर्षपछि आमने-सामने हुन लागेका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077