Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • प्रचण्डले कुर्सी जोगाउन भारतलाई जलस्रोत हस्तान्तरण गरे : प्रदीप ज्ञवाली

    प्रचण्डले कुर्सी जोगाउन भारतलाई जलस्रोत हस्तान्तरण गरे : प्रदीप ज्ञवाली

    अनलाइन नेपाल
  • शनिबार, १६ भाद्र २०८०
  • 1K
    SHARES

    काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सत्तारुढ दलले विदेशी शक्तिको आडमा मोर्चाबन्दी गरेको बताएका छन् ।

    आज बुटवलमा आयोजित पार्टीको प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले यस्तो बताएका हुन् ।



    उपमहासचिव ज्ञवालीले भने,‘हामीले देख्यौं अस्तिमात्र प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुभयो। नेपालका राष्ट्रिय हितका पक्षमा कुनै आवाज उठाउन सक्नुभएन। हामीलाई भैरहवा एयरपोर्टको नयाँ रुट, हामीलाई २७ वर्षदेखि अलपत्र पञ्चेश्वरमा ब्रेक थु । हामीलाई चाहिएको थियो अपर कर्णालीमा ब्रेक थु। उहाँले केहीपनि गर्नुभएन। बरु उल्टै भारतीय प्राथमिकताका जलस्रोत तम शरणमः गर्दै उहाँले हस्तान्तरण गरेर आउनुभयो। उहाँले कुर्सीमा दिर्घायु भवः भन्ने आशिर्वाद पाउन राष्ट्रिय हितसँग सम्झौता गरेर आउनुभयो ।’



    उपमहासचिव ज्ञवालीले देशमा अस्थिरता निम्त्याउन प्रमुख प्रतिपक्षमा रहेको एमालेविरुद्ध सत्तारुढ दलहरूले विदेशी शक्तिहरूसँग मिलेर मोर्चाबन्दी गरेको आरोप लगाए ।

    उनले भारत भ्रमणको क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कुर्सी बचाउनका लागि नेपालका जलस्रोत भारतलाई हस्तान्तरण गरेर आएको आरोप लगाएका छन्।

    उपमहासचिव ज्ञवालीले कुर्सीका लागि जस्तासुकै कागजमा पनि सहिछाप गर्न तयार हुने मान्छेहरू वर्तमान सरकारमा रहेको बताए।

    कुर्सीबाट नहट्ने आशिर्वाद लिनका लागि राष्ट्रिय हितसँग सम्झौता गरेर आएको उनले बताए। ज्ञवालीले अहिले राष्ट्रिय हितको अभियान अप्ठेरोमा परेको पनि बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार