Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

वर्षाले बिथोल्यो भारत र पाकिस्तानबीचको खेल

काठमाडौं । एसिया कपमा भारत र पाकिस्तानबीचको क्रिकेट खेल अवरुद्ध भएको छ ।

टस जितेर ब्याटिङ थालेको भारतले ४.२ ओभरमा १५ रन बनाउँदा वर्षा भएकोले खेल रोकिएको हो ।

४.२ ओभरमा भारतले १५ रन जोडेको थियो । कप्तान रोहित शर्माले १८ बलमा जम्मा ११ रन बनाएका छन् भने ओपनर शुभमन गिलले ८ बलमा शून्य छन्। चार रन भने भारतले एक्स्ट्रा प्राप्त गरेको हो।

आज राति १० बजेसम्म पानी पर्ने सम्भावना भने ३५ प्रतिशत रहेको छ। पानी ठूलो नपरे पनि घना बादल भएका कारण तत्काल मौसममा सुधार आउने संकेत देखिएको छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077