Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पाकिस्तानसँग जारी खेलमा भारतलाई चौथो झट्का

काठमाडौं । श्रीलंकाको क्यान्डीमा जारी एसिया कपअन्तर्गत भारत र पाकिस्तानको खेलमा भारतलाई चौथो झट्का लागेको छ ।

३२ बलमा १० रन बनाएर खेलिरहेका शुभमन गिल हरिश रौफको बलमा आउट भएका हुन् ।

यसअघि तीव्र गतिका बलर शाहीन शाह अफ्रिदीले रोहित शर्मा र विराट कोहलीको विकेट लिएका थिए ।

श्रेयश ऐयर र गिलको विकेट तीव्र गतिका बलर रौफले आफ्नो नाममा लेखाएका हुन् ।

१५ ओभर नहुँदै महत्वपूर्ण चार विकेट गुमाएपछि पाकिस्तानविरुद्ध भारत दबाब परेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077