Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एसिया कप : भारतले दियो पाकिस्तानलाई २६७ रनको लक्ष्य

काठमाडौं । भारतले पाकिस्तानलाई २६७ रनको लक्ष्य दिएको छ । श्रीलंकाको क्यान्डीमा भइरहेको एसिया कप अन्तर्गत शनिबार भएको खेलमा भारतले पाकिस्तानलाई २६७ रनको लक्ष्य दिएको हो ।

श्रृलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा भएको खेलमा भारतका लागि हार्दिक पाण्डेले ९० बलमा ७ चौका र १ छक्काको मद्दतले ८७ रनको योगदान गरे।

त्यस्तै, भारतका ईशान किसनले ८१ बलमा ८२ रन जोडे। खराब सुरुवात गरेको भारतका लागि किशन र पाण्डेले १ सय ३८ रनको साझेदारी गर्दै खेल लयमा फर्काए। भारतले मुख्य ४ जना ब्याटरलाई खेलको सुरुवातमै गुमाएको थियो।

वर्षाका कारण २ पटकसम्म अवरुद्ध खेलमा पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले एक्लै ४ विकेट लिए। उनले ४ विकेट लिँदा पाकिस्तानका लागि हरिश रउफले र नसिम शाहले ३/३ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077