Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस रूपान्तरण अभियान पुनः सञ्चालन गरिँदै

काठमाडौं । डा. शेखर कोइरालापक्षीय केही नेताहरुले ‘नेपाली कांग्रेस रूपान्तरण अभियान’लाई निरन्तरता दिने निर्णय गरेका छन् ।

शनिबार काठमाडौंमा बसेको ती नेताको बैठकबाट अभियानलाई निरन्तरता दिने निर्णय गरिएको हो । उनीहरुले यो अभियान चलाइरहेका छन् ।

यही भदौ २४ देखि आउँदो कात्तिक २४ गतेसम्म १६५ निर्वाचन क्षेत्रमा दुईमहिने रूपान्तरण अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ ।

भदौ २४ गते काभ्रे क्षेत्र नम्बर–२ बाट दुईमहिने अभियानको सुरुआत गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077