Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

२१ हजार नाघ्यो डेंगी संक्रमितको संख्या, सुनसरीमा मात्र ११ हजार !

काठमाडौं । नेपालमा डेंगी संक्रमण बढिरहेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म डेंगी संक्रमण २१ हजार दुई सय ६ जनामा पुष्टि भएको छ।

महाशाखाले भदौ र असोजमा डेंगी संक्रमण उच्च हुने प्रक्षेपण गरेको थियो। संक्रमणबाट १३ जनाको निधन भएको छ।

महाशाखाका निर्देशक डा. रूद्रप्रसाद मरासनीले पानी परिरहेकाले डेंगी संक्रमण दैनिक रूपमा बढेको बताए।

नेपालमा पहिलोपटक सन् २००४ मा एक जनामा डेंगी देखिएको थियो। सन् २०२२ मा ५४ हजार सात सय ८४ जनामा संक्रमण र ८८ जनाको मृत्यु भएको थियो।

सुनसरीमा मात्र ११ हजार बिरामी पुगे

संक्रमण देखिएकामध्ये सबभन्दा बढी सुनसरी जिल्लामा छन्। महाशाखाका अनुसार सुनसरीमा ११ हजार छ सय ५९ जनामा डेंगी संक्रमण देखिएको छ।

सुनसरीपछि मोरङमा दुई हजार दुई सय ४२, धादिङमा दुई हजार एक सय एक, झापामा एक हजार तीन सय २३, काठमाडौंमा चार सय २७, धनकुटामा तीन सय ३६, संखुवासभामा दुई सय ७२, कास्कीमा दुई सय ६०, दार्चुलामा एक सय ९४ र ललितपुरमा एक सय ७४ जना डेंगीका बिरामी भेटिएका छन्।

डेंगी पानी जम्ने सफा ठाउँमा 'एडिज एजिप्टी र एडिस एल्बोपिक्टस' प्रजातिको लामखुट्टेले फुल पार्छ र ती फुल लार्भा निस्कन्छ। त्यही लार्भा वयस्क भएर टोकेपछि डेंगी रोग लाग्छ। रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077