Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एसिया कप : वर्षाका कारण भारत र पाकिस्तानबीचको खेल रद्द

काठमाडौं । भारत र पाकिस्तानबीचको खेल रद्द भएको छ । एसिया कप अन्तर्गत श्रीलंकाकी क्यान्डीमा भारत र पाकिस्तानबीचको खेल रद्द भएको हो ।

पहिलो इनिङ सकिँएपछि सुरु भएको वर्षा नरोकिँदा दोस्रो इनिङ सुरु हुन सकेन। निरन्तर वर्षा भइरहेपछि खेल रद्द गरिएको छ।

टस जितेर पहिले ब्याटिङ रोजेको भारतले ४८.५ ओभरमा अलआउट हुँदै २६६ रन बनाएको थियो।

यससँगै भारत र पाकिस्तान दुवैले अंग बाँडेका छन्। यससँगै पाकिस्तान एसिया कपमा सुपर फोरमा स्थान बनाउने पहिलो टोलीसमेत बनेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077