Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भुटानले दियो नेपाललाई ४० रनको सामान्य लक्ष्य

काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको समूह चरणको तेस्रो खेलमा भुटानले नेपाललाई जितका लागि ४० रनको सामान्य लक्ष्य दिएको छ ।

पुरै २० ओभर ब्याटिङ गरेको भुटानले ८ विकेटको क्षतिमा ३९ रन मात्रै बनाएको हो । भुटानका लागि दिचेन वाङ्मोले २१ रन जोड्नु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

भुटानका ४ जना खेलाडी शून्य रनमा आउट भएका थिए । दुई जनाले १/१ रन जोडे भने एक जनाले ३ रन मात्रै बनाए । टस जितेर पहिलो बलिङ गरेको नेपालका लागि पूजा महतोले ३ विकेट लिइन् ।

यस्तै कविता कुँवर, रुविना क्षेत्री र खुसी डंगोलले १/१ विकेट लिए । नेपाल तेस्रो जितको खोजीमा रहेको छ ।

नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन र दोस्रो खेलमा बहराइनलाई १० विकेटले हराएको थियो । भुटान पहिलो खेलमा युएईसँग पराजित भएको थियो । दोस्रो खेलमा कतारलाई हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077