Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

होटेल स्क्वायरको स्वीमिङ पुलमा पौडी खेल्दा एक जना घाइते

काडमाडौं । ललितपुर महानगरपालिकामा रहेको होटेल स्क्वायरको स्वीमिङ पुलमा पौडी खेल्दा एकजना गम्भीर घाइते भएका छन् ।

मानभवन घर भएका सजिलमान शाक्य पौडी खेल्दै गरेको अवस्थामा घाइते भएका हुन् । उनको हाल नख्खुस्थित नेपाल मेडिसिटी अस्पतालको आईसीयूमा उपचार भइरहेको छ ।

पीडित परिवारले स्वीमिङ पुलमा करेन्ट फैलिएर ४१ वर्षीय सजिलमान घाइते भएका दाबी गरेका छन् । होटलका प्रतिनिधिहरूले प्रहरीसँग स्वीमिङ पुलमा करेन्ट नफैलिएको दाबी गरेका छन् ।

पीडित परिवारले त्यसबारे अनलाइन मार्फत प्रहरी प्रधान कार्यालयमा अनुसन्धानका लागी निवेदन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077