Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

भारतका फास्ट बलर बुमराहले नेपालविरुद्ध नखेल्ने

काठमाडौं । एसिया कप २०२३ अन्तर्गत भोलि नेपाल र भारतबीचको खेलमा भारतका फास्ट बलर जस्प्रीत बुमराहले नखेल्ने भएका छन् ।

बुमराह व्यक्तिगत कारण देखाएर भारत फर्केका छन् । एसिया कप अन्तर्गत सोमबारको खेलमा भारत नेपालविरुद्ध जित्नै पर्ने दबाबमा छ ।

पहिलो खेल रद्ध भएका कारण पाकिस्तानसँग अंक बाँडेपछि अन्तिम चारमा पुग्न भारतले नेपाललाई हराउनै पर्ने अवस्था छ ।

नेपाल र भारतबीचको खेल श्रीलंकाको पल्लेकेले मैदानमा नेपाली समयअनुसार सवा तीन बजे सुरु हुनेछ। खेलका लागि भारतका तीव्र गतिका बलर उपलब्ध नहुने भएका छन्।

उनी व्यक्तिगत करणले भारत फर्किएका छन्। उनले नेपालविरुद्धको खेल मात्र गुमाउने बताइएको छ। लामो समय चोटका कारण मैदान बाहिर रहेपछि खेलमा फर्किएका उनले यसअघि आयरल्यान्डविरुद्धको सिरिजमा भारतीय टिमको कप्तानी गरेका थिए।

अब नेपाल र भारतबीचको खेलपछि सुपर फोरमा पुग्ने दोस्रो टिमको टुंगो लाग्नेछ। जित हात पार्ने टिम सुपर फोरमा पुग्नेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077