Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एसिया कप : आज नेपाल र भारत भिड्दै, दुबै टोलीलाई जित्नै पर्ने दबाब

काठमाडौं । एसिया कप क्रिकेटमा आज नेपाल र भारत खेल्दै छन् । नेपाल र भारतबीचको खेल नेपाली समयानुसार श्रीलंकाको क्यान्डीमा दिउँसो सवा ३ बजे हुनेछ ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेल र भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्मा छन् । अर्थात् दुई रोहितको कप्तानीमा रहेका दुई देशबीचको खेल जित्ने टोली प्रतियोगिताको ‘सुपर फोर’ चरणमा प्रवेश गर्ने छ ।

भारत भने खेल बराबरी वा अंक बाँड्ने अवस्था भए पनि सुपर फोरमा पुग्नेछ । अंक तालिकामा भारत एक अंकमा छ भने नेपाल अंकविहीन छ।

प्रत्येक समूहबाट माथिल्लो स्थानमा रहने दुई(दुई टोली प्रतियोगिताको ‘सुपर फोर’ चरणमा पुग्ने प्रावधान छ ।

समूह ‘ए’ बाट आयोजक पाकिस्तान यसअघि नै सुपर फोरमा पुगिसकेको छ ।

पहिलो खेलमा नेपाल पाकिस्तानसँग फराकिलो अन्तरले पराजित भएको थियो भने भारत पाकिस्तानसँगै अंक बाँड्न बाध्य भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077