Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अफगानिस्तानलाई हराउँदै बंगलादेश एसिया कपको सुपर फोरमा

काठमाडौं । अफगानिस्तानविरुद्ध ८९ रनको जित निकाल्दै बंगलादेश एसिया कप–२०२३ को सुपर फोरमा प्रवेश गरेको छ ।

आइतबार पाकिस्तानको लाहोरस्थित गद्दाफी रंगशालामा भएको खेलमा बंगलादेशले प्रस्तुत गरेको ३३५ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानले ४४.३ ओभरमा सबै विकेट गुमाएर २४५ रनमात्र बनायो ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको बंगलादेशले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाएर ३३४ रनको योगफल खडा गरेको थियो ।

जितसँगै दुई खेलबाट दुई अंकसहित बंगलादेशले सुपर फोरमा स्थान बनाएको हो । अफगानिस्तानको भने प्रतियोगितामा यो पहिलो खेल हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077