Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कोशी सरकारविरुद्धको रिट आजदेखि पुर्ण इजलासमा सुनुवाइ हुने

काठमाडौं । कोशी प्रदेश सरकारविरुद्ध दायर रिटमा आजदेखि सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुँदै छ ।

आइतबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मलता माथेमाको इजलासले रिट ‘फुल बेन्च’मा पठाउने निर्णय गरेको थियो ।

रिटमा नियमित सुनुवाइ हुने गरी पूर्ण इजलासमा पठाइएको हो । रिटमा पेसी पनि इजलासबाटै तोकिएको बताइएको छ ।

मुख्यमन्त्री थापाले प्रदेशसभाबाट लिएको विश्वासको मत असंवैधानिक भएको दाबी गर्दै नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले भदौ ६ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

यसअघि उक्त रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाले थापा नेतृत्वको सरकारलाई दीर्घलीन महत्वका निर्णय नगर्न अन्तरिम आदेश दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077