Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

महिला क्रिकेटमा आज नेपाल र कतार भिड्दै

काठमाडौं । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले आज कतारसँग खेल्दैछ । खेल नेपाली समय अनुसार विहान सवा ७ बजे मलेसियाको बांगीमा सुरु हुनेछ।

आजको खेल जिते नेपालले सेमिफाइनलमा स्थान बनाउने छ। लगातार तेस्रो जित निकालेको नेपालले ६ अंक रहेको छ भने कतार तिनै खेलमा पराजित भएको छ ।

आइतबार भएको भएको खेलमा नेपालले भुटानलाई ३ विकेटले पराजित गर्दै लगातार तेस्रो जित हात पारेको थियो।

नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन र दोस्रो खेलमा बहराइनलाई १० विकेटले हराएको थियो। नेपालले अर्को खेलमा बुधबार यूएईसँग खेल्ने छ । युएई अंक तालिकाको शीर्ष स्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077