Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

नेपालबाट चीनमा ‘हेलेज’ घाँस निर्यात

काठमाडौं । नेपालबाट पहिलो पटक चीनतर्फ ८० टन हेलेज निर्यात भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार दैनिक २० कन्टेनरले चीन पठाइने व्यवस्था गरिएको छ।

नेपालबाट भारतमा स्कुस, गोलभेँडा जस्ता तरकारीहरूको निकासी लागि भारतीय पक्षसँग छलफल भई हाल ती वस्तुको निकासी सहज भएको मन्त्रालयको भनाइ छ।

यसका साथै मन्त्रालय तथा मातहतका विभिन्न कार्यालयहरूमा आयोजना भएका समीक्षा, योजना तर्जुमा बैठकहरूमा सहभागी भई आवश्यक निर्देशन दिइएको मन्त्री डा। बेदुराम भुसालले जानकारी दिए।

नेपालको चितवन लगायतका केही जिल्लामा हेलेज घाँस व्यावसायिक रुपमा उत्पादन गरिएको छ। जहाँ चिनियाँ र नेपालीहरूको समूहले हेलेज घाँस उत्पादन गरिरहेका छन्। नेपालले घाँस निर्यात गर्न सक्ने नीति गत मंसिरमा मन्त्रिपरिषदबाट पास गरिसकेको थियो।

यसैले चीन सरकारको तर्फबाट मस्यौदा बनेर आएको प्रोटोकलमा नेपाल सरकारको सुझाव समावेश गरी स्वीकृत गरिएको थियो। यसमा प्रशोधित घाँस चीन निर्यात गर्नका लागि दुई देशबीच सम्झौता गर्न बनाइएको प्रोटोकलमा सरकारले २०७८ चैत्रमा स्वीकृत गरेको थियो। अन्नपूर्ण पोस्टबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077