Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अर्ना बियरले भारतविरुद्ध छक्का प्रहार गर्ने नेपाली खेलाडीलाई १ लाख पुरस्कार दिने

काठमाडौं । अर्ना बियरले भारतविरुद्ध नेपाली खेलाडीले प्रहार गर्ने हरेक छक्काबापत नेपाली क्रिकेट टिमलाई एक लाख रुपैयाँ पुरस्कार दिने भएको छ ।

एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र भारतबीच आज दिउँसो श्रीलङ्काको पालेकेले इन्टरनेसनल क्रिकेट रङ्गशालामा प्रतिस्पर्धा हुँदैछ।

यती ब्रेवेरीको उत्पादन अर्ना बियरले आइतबार सामाजिक सञ्जालमार्फत भारतविरुद्ध नेपाली ब्याटरले प्रहार गर्ने प्रत्येक छक्का र बलरले लिने प्रत्येक विकेटबापत नेपाली टिमलाई एक–एक लाख र प्रत्येक चौकामा २५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो।

नेपाली समयअनुसार दिउँसो सवा ३ बजेदेखि खेल सुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077