Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विश्व कप एसिया क्षेत्र छनोट : कतारले नेपाललाई दियो ७५ रनको लक्ष्य

काठमाडौं । आईसीसी महिला टी–२० विश्व कप एसिया क्षेत्र छनोटमा कतारले नेपाललाई ७५ रनको लक्ष्य दिएको छ ।

मलेसियाको बाङ्गीमा टस हारेर पहिले ब्याटिङ गरेको कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७४ रन बनायो ।

कतारकी साची धडवालले सर्वाधिक २१ रन जोडिन् । यस्तै, एलिना खानले १५, एन्जिलेने मारेले १४ र यशाले १० रन जोडिन्।

नेपालकी इन्दु बर्माले ३ विकेट लिइन् भने पूजा महतो र कविता जोशीले एक/एक विकेट लिए । जितका लागि ७५ रनको लक्ष्य पाएको नेपालले ब्याटिङ गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077