Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

महिला टी–२० विश्वकप एसिया छनोट : कतारलाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं । मलेसियामा जारी आईसीसी वुमन्स टी-२० विश्वकप एसिया छनोटमा नेपाल समूह ए बाट सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार बिहान भएको खेलमा कतारलाई ९ विकेटले पराजित गर्दै नेपाल सेमिफाइनलमा पुगेको हो ।

कतारले दिएको ७५ रनको लक्ष्य नेपालले १०.३ ओभर खेल्दै एक विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा काजल श्रेष्ठले सर्वाधिक ३२ रन बनाए ।

समूह ए मा लगातार चौथो जित हात पारेको नेपालको ४ खेलबाट ८ अंक छ । नेपालले अब समूहको अन्तिम खेलमा बुधबार यूएईसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077