Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भारतविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

काठमाडौं । एसिया कप क्रिकेटमा नेपालले भारतविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

श्रीलंकाको पल्लेकेले रंगशालामा भारतीय कप्तान रोहित शर्माले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला ब्याटिङ्ग गर्ने अवसर पाएको हो ।

नेपाल र भारतबीचको खेल श्रीलंकाको केन्डीस्थित पालेकेल अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ । पहिलो पटक एसिया कपमा सहभागिता जनाएको नेपालले खेल्न लागेको यो दोस्रो खेल हो ।

श्रीलंकाको पेल्लेकेले मैदानमा नेपाली समयअनुसार सवा तीन बजे खेल सुरू हुनेछ। प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपाल र भारतको आजको खेल समूह चरणको अन्तिम खेल हो।नेपा

ल र भारत दुवै टिमले समूहका पहिलो खेल खेलिसकेका छन्। पाकिस्तानविरूद्धको पहिलो खेलमा नेपाल फराकिलो अन्तरले पराजित भएको थियो। भारत र पाकिस्तानबीच शनिबार भएको खेल वर्षाले रद्द हुँद दुवै टिमले एक एक अंक जोडेका थिए।

समूहबाट पाकिस्तानले ३ अंक जोडेर सुपर-फोरमा स्थान पक्का गरिसकेको छ। अब नेपाल र भारतबीचको खेलपछि सुपर फोरमा पुग्ने दोस्रो टिमको टुंगो लाग्नेछ। जित हात पार्ने टिम सुपर फोरमा पुग्नेछ।

नेपालले भारतविरुद्धको महत्वपूर्ण म्याचमा मध्यक्रमका ब्याट्सम्यान आरिफ शेखलाई बेञ्चमा राखेको छ । उनको ठाउँमा भीम सार्कीलाई खेलाउने कप्तान रोहित पौडेलले बताए । भारतले पनि टीममा एउटा परिवर्तन गरेको छ । फास्ट बलर जसप्रित बुमराहको स्थानमा मोहम्मद सामी आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077