Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

यस्तो छ भारतविरुद्ध नेपालको प्लेइङ ११

काठमाडौं । एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्ध खेल्ने टीममा नेपालले एक परिवर्तन गरेको छ ।

पाकिस्तानविरुद्ध खेलेका आरिफ शेखलाई हटाएर भीम सार्कीलाई टीममा स्थान दिइएको हो ।

टीममा कुशल भुर्तेल, आशिफ शेख, रोहित पौडेल, सोमपाल कामी, गुल्सन झा, भीम सार्की, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, सन्दीप लामिछाने, करण केसी र ललित राजवंशी छन् ।

नेपाल र भारतले समूह चरणको अन्तिम खेलमा प्रतिस्पर्धा गरिरहेका छन् । भारतले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको छ ।

पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो भने भारत र पाकिस्तानबीचको खेल वर्षाले अवरुद्ध भएको थियो ।

May be an image of 1 person and text that says 'ASIA CUP CAN ASIA CUP LINEUPS VS Dা CAN KELME ROHIT PAUDEL ASIF SHEIKH BHIM SHARKI Second Reacher NEPAL KUSHAL BHURTEL KUSHAL MALLA D.S AIREE SANDEEP LAMICHHANE KARAN Kc GULSHAN JHA LALIT RAJBANSHI SOMPAL KAMI POWERED BY: makura CREATIONS PRESENTED BY: GME REMIT TANCE #ASIACUP #ACC #WECAN'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077