Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भारतबिरुद्ध ओपनरद्धय कुशल र आशिफले पाए जीवनदान

काठमाडौं । एसिया कपअन्तर्गत नेपाल र भारतबीच भइरहेको खेलमा ओपनरद्धय कुशल भुर्तेल र आशिफ शेखले जीवनदान पाएका छन् ।

मोहम्मद शमीको बलमा भुर्तेल र मोहम्मद सिराजको बलमा शेख क्याच हुनबाट बचेका हुन् । नेपाल र भारतले समूह चरणको अन्तिम खेलमा प्रतिस्पर्धा गरिरहेका छन् ।

भारतले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको छ । पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो भने भारत र पाकिस्तानबीचको खेल वर्षाले अवरुद्ध भएको थियो ।

नेपाल र भारत शीर्ष स्तरमा भेट भएको यो पहिलोपटक हो । यो खेल जित्ने टोलीले अन्तिम ४ मा स्थान बनाउने छ भने हार्ने टीम समूह चरणबाटै घर फर्किने छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077