Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

भारतविरुद्ध ३८ रन बनाएर भुर्तेल आउट

काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्ध ब्याटिङ गरिरहेको नेपालले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरेको छ ।

१०औं ओभरको पाँचौं बलमा कुशल भुर्तेल ३८ रनमा आउट भएका हुन् । टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले साझेदारी बढाउँदै लगेका छन् ।

नेपालले ९.५ ओभरमा पहिलो विकेट गुमाएको छ । कुशल २५ बलमा ३८ रन बनाएर आउट भएका छन् । ९.५ ओभरको खेल सकिँदा नेपालले एक विकेट गुमाएर ६५ रन जोडेको छ ।

ओपनर आसिफ शेख २२ रनका साथ क्रिजमा छन् भने उनलाई साथ दिन भीम सार्की आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077