काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्ध ब्याटिङ गरिरहेको नेपाललाई दोस्रो झड्का लागेको छ ।
श्रीलंकाको पल्लेकेले रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले दोस्रो विकेट गुमाएको हो ।
नेपालका लागि तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका भिम सार्की ७ रन बनाएर आउट भए । उनलाई भारतका रविन्द्र जडेजाले बोल्ड आउट गराए ।
यसअघि नेपालले कुशल भुर्तेलको रुपमा पहिलो विकेट गुमाएको थियो । यो विकेटसँगै नेपालले १६ ओभरमा दुई विकेट गुमाएर ७७ रन बनाएको छ ।