Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राजविराजबाट मधेश प्रदेशका सासंद अनिरुद्धकुमार पक्राउ

सप्तरी । मधेश प्रदेशसभा सदस्य अनिरुद्धकुमार सिंहलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले सप्तरीबाट निर्वाचित प्रदेशसभा सदस्य सिंहलाई आज राजविराजबाट पक्राउ गरेको हो ।

प्रदेशसभा सदस्य सिंहमाथि मुलतबी रहेको ज्यान मुद्दाका आरोपी रहेको छ । माओवादी नेता गोविन्द चौधरीको हत्यामा संलग्न रहेको घटनामा ०६४ सालदेखि मुल्तबीमा रहेको मुद्दामा सिंहसमेत आरोपी हुन् ।

पक्राउ गरिएका प्रदेशसभा सदस्य सिंहलाई अदालतमा पेस गरेर म्याद थप गरिएको सप्तरी प्रहरीले जनाएको छ ।

विगतमा जनता समाजवादी पार्टीमा रहेका सिंह गत प्रदेशसभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ४(२)बाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवार भई विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077