Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अर्घाखाँचीमा चट्याङले एक जनाको मृत्यु, चार घाइते

अर्घाखाँची । अर्घाखाँचीमा चट्याङ लागेर २० वर्षीय मिलन खनालको मृत्यु भएको छ ।

जिल्लाको मालारानी गाउँपालिका ९ गोखुंगास्थित सेपानी गाउँका खनालको अर्घाखाँची अस्पतालमा लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो ।

चट्याङबाट चार जना घाइते भएका छन् । सोही गाउँका २२ वर्षीय दामोदर खनाल, २५ वर्षीय जेमबहादुर पुन, २१ वर्षीय चन्दबहादुर पुन र २८ वर्षीय लिलबहादुर पुन सिकिस्त घाइते भएको स्थानीयहरूले बताएका छन् ।

घाइते चारै जनाको अर्घाखाँची अस्पतालमा उपचारपछि थप उपचारका लागि प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

दिउँसो बजारमा गएका उनीहरू घर फर्कँदै गर्दा पानी परेपछि स्थानीय दुर्गाबहादुर पुनको घरमा ओत लागेर बसेका बेला चट्याङ परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077