Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • अर्घाखाँचीमा चट्याङले एक जनाको मृत्यु, चार घाइते

    अर्घाखाँचीमा चट्याङले एक जनाको मृत्यु, चार घाइते

    अनलाइन नेपाल
  • सोमबार, १८ भाद्र २०८०
  • 1.5K
    SHARES

    फाइल तस्विर

    अर्घाखाँची । अर्घाखाँचीमा चट्याङ लागेर २० वर्षीय मिलन खनालको मृत्यु भएको छ ।

    जिल्लाको मालारानी गाउँपालिका ९ गोखुंगास्थित सेपानी गाउँका खनालको अर्घाखाँची अस्पतालमा लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो ।



    चट्याङबाट चार जना घाइते भएका छन् । सोही गाउँका २२ वर्षीय दामोदर खनाल, २५ वर्षीय जेमबहादुर पुन, २१ वर्षीय चन्दबहादुर पुन र २८ वर्षीय लिलबहादुर पुन सिकिस्त घाइते भएको स्थानीयहरूले बताएका छन् ।



    घाइते चारै जनाको अर्घाखाँची अस्पतालमा उपचारपछि थप उपचारका लागि प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

    दिउँसो बजारमा गएका उनीहरू घर फर्कँदै गर्दा पानी परेपछि स्थानीय दुर्गाबहादुर पुनको घरमा ओत लागेर बसेका बेला चट्याङ परेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार