Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कोशी सरकारविरुद्धको रिट निवेदनमाथि आज सुनुवाइ, प्रतिवादीको तर्फबाट बहस हुने

काठमाडौं । सर्वोच्च अदालतले कोशी सरकारविरुद्ध परेको रिट निवेदनमाथिको सुनुवाइ आज हुँदैछ । न्यायाधीशत्रय सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदी सम्मिलित पूर्ण इजलासले रिटमाथि बहस बाँकी रहेकाले हेर्दाहेर्दैमा राखेको हो ।

सोमबारदेखि रिट निवेदनमाथि पूर्ण इजलासमा सुनुवाइ सुरू भएको हो। रिट निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई, रवि नारायण खनाल लगायतले बहस गरेका थिए । आज प्रतिवादी कोशी प्रदेश सरकार पक्षको बहस हुनेछ ।

कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश मल्ल र सुष्मलता माथेमाको संयुक्त इजलासले आइतबार रिट पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो। सोही आदेशबमोजिम रिट सुनुवाइका लागि सर्वोच्चले तीन सदस्यीय पूर्ण इजलास गठन गरेको हो।

कोसीमा मुख्यमन्त्री उद्धव थापाले पाएको विश्वासको मत असंवैधानिक भएको दाबी गर्दै एमाले कोसी प्रदेश संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले रिट दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077