Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

विराट कोहलीको अटोग्राफ लिदैँ सोमपालले भने - विराट क्रिकेटर मात्रै होइनन्, भावना हुन् !

काठमाडौं । नेपाली टोलीका अलराउन्डर सोमपाल कामीले भारतीय टोलीका प्रभावशाली खेलाडी विराट कोहलीको अटो ग्राफ लिएका छन् ।

सोमपालले आफ्नो जुत्तामा विराट कोहलीको अटो ग्राफ लिएका हुन् । त्यो तस्बिर सोमपालले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका छन् ।

सोमपालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विराट कोहली क्रिकेटर मात्रै होइनन्, उनी भावना हुन्।’

May be an image of 4 people, beard, people playing soccer and text

सोमपालले कोहली एक क्रिकेटर मात्रै नभएर भावना भएको बताए। एसिया कप क्रिकेटको सोमबारको खेलमा नेपाल र भारतको आमना सामना भएको थियो। जसमा नेपाल १० विकेटले पराजित भयो।

नेपालको एसिया कप सहभागिता केवल औपचारिकतामा सीमित रहे पनि प्रतियोगितामा नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन पनि गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077