Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपतिका छोरा दीपेशसँग सीआईबीले लियो बयान

काठमाडौं । प्रहरीले ६० किलो सुन तस्करी प्रकरणमा मुछिएमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनसँग बयान लिएको छ ।

सुन तस्करी प्रकरणमा सुन तस्कर चिनियाँ मुलका बेल्जियन नागरिक दावा छिरिङसँग दीपेशको सम्बन्ध देखिएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पुनसँग कार्यालयमै बोलाएर तीन घण्टा बयान लिएको हो ।

पुनलाई आइतबार सीआइबी कार्यालयमै बोलाएर सोधपुछ गरिएको थियो । नेकपा माओवादी केन्द्रनिकट अनेरास्ववियु क्रान्तिकारीका महासचिवसमेत रहेका पुन विवादास्पद व्यक्ति हुन् ।

राजश्व अनुसन्धान विभागले गत साउन ३ मा हङहङबाट ब्रेक सुमा लुकाएर ल्याइएको सुन एयरपोर्ट भन्सारबाट बाहिरिने क्रममा बरामद गरेको थियो । सो प्रकरणमा सुरुमा विभागले नै अनुसन्धान गरेको भएपनि पछि सीआईबीले जिम्मा पाएको थियो ।

हालसम्म प्रहरीले सुन तस्करी प्रकरणमा २५ जनालाई पक्राउ गरेर अनुसन्धान गरिहेको छ । हङकङबाटै तस्करी गरेर ल्याएको ६० किलो ७ सय १६ ग्राम सुन राजस्व अनुसन्धान विभागले साउन ३ मा बरामद गरेको थियो ।

सुन हाल तस्करी प्रकरणबारे सीआईबीले अनुसन्धान गरिरहेको छ । त्यस्तै, भेपमार्फत तस्करी भएको ९ किलो सुन प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा अहिले प्रहरी हिरासतमा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077