Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सुन प्रकरणमा सिआइबीले लियो अध्यागमन विभागका महानिर्देशक अधिकारीको बयान

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीसँग बयान लिएको छ।

सीआईबीले सिनामंगलबाट बरामद ६० किलो सुन तस्करी गर्ने गिरोहसँग सम्पर्क देखिएको भन्दै महानिर्देशक अधिकारीसँग बयान लिएको हो ।

सुन तस्करसँग साँठगाँठ देखिएको भन्दै महानिर्देशक अधिकारी गृह मन्त्रालयमा तानिएका थिए । उनीसहित विमानस्थल भन्सारका कर्मचारी र शंकास्पद अरुलाई सीआईबीले केही दिनयता बोलाएर सोधपुछ गरिरहेको सीआईबी स्रोतले बतायो ।

सीआईबीले सुन तस्करी प्रकरणमा १०० जनाको कागज गरिरहेको छ । यसक्रममा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पनि अनुसन्धानको दायरामा तानिएका छन् ।

उनलाई पनि सीआईबीले सोधपुछ गरेको छ । सुन तस्करी प्रकरणमा जोडिएका २७ जना हाल प्रहरी नियन्त्रणमा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077