Jul 07 2026 | २०८३, आषाढ २३ गते

07 Jul 2026 | मंगलवार, आषाढ २३ गते २०८३

मंगलवार, आषाढ २३ गते २०८३
images
images

फेरि ६ अङ्कले घट्यो शेयर बजार, ७९ करोड ६८ लाखको कारोबार

काठमाडौं । नेप्से परिसूचक आज ६ दशमलव ४५ अङ्कले ओरालो लागेर १९६१.३७ अंकमा पुगेको छ ।

सेन्सेटिभ इण्डेक्स ०.४७ अंकले घटेर ३७७.२४ विन्दुमा अडिएको छ। यसदिन २७७ कम्पनीको २४ लाख ८० हजार ९२९ कित्ता सेयर ७९ करोड ६८ लाख ७० हजार ४०८ रुपैयाँमा खरिदबिक्री भयो।

सोमबार नेप्से परिसूचक ७.०४ अंकले बढेर १९६७.८३ विन्दुमा पुगेको थियो। सो दिन २७० कम्पनीको ३४ लाख ३२ हजार २६७ कित्ता सेयर १ अर्ब ९ करोड ९१ लाख ३९ हजार ६९७.१६ रुपैयाँमा खरिदबिक्री भएको थियो।

आज एमएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो।नेरुडे लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.८५ प्रतिशतले बढ्यो।

आरबीबी म्युचुल फण्डको सेयर मूल्य १० प्रतिशतले ओरालो लाग्यो। यसैगरी लिबर्टी इनर्जी कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले घटयो। कारोबार रकमका आधारमा हिमालयन एभरेष्ट इन्स्योरेन्स शीर्षस्थानमा रह्यो।

सो कम्पनीको ७ करोड ५८ लाख ९७ हजार ७९३ रुपैयाँको सेयर खरिदबिक्री भयो। साल्ट ट्रेडिङ कर्पोरेसनको २ करोड ९५ लाख र आईएमई इन्स्योरेन्सको २ करोड ८२ लाख रुपैयाँको सेयर खरिदबिक्री भयो।

कारोबारमा आएका १३ उपसमूहमध्ये २ बाहेक अन्य उपसमूहको सूचक ओरालो लागेको हो। मनु एन्ड प्रो र ट्रेडिङ उपसमूहको सूचकबाहेक अन्यको सूचक घटेको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077