Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विश्वकप एसिया क्षेत्र छनोट : आज नेपाल र यूएई खेल्दै

काठमाडौं । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले आज यूएईसँग खेल्दैछ । खेल मलेसियाको क्वालालम्पुरमा बिहान सवा ७ बजे सुरु हुनेछ।

लगातार चार खेल जितेका दुवै टोली एक खेल अगावै सेमिफाइनलमा स्थान बनाइसकेका छन् ।

दुवै टोलीको समान ८ अंक रहेको छ। युएई नेट रनरेटको आधारमा शीर्ष स्थानमा रहँदा नेपाल दोस्रो स्थानमा छ।

आजको खेलले समूह विजेता र उपविजेताको टुगो लाग्ने छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077