Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सम्पत्ति शुद्धीकरण विधेयकमा सहमति जुटाउन उपसमिति गठन

काठमाडौं । सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी विधेयकमा सहमति जुटाउन संसदीय उपसमिति गठन भएको छ ।

कानून, न्याय तथा मानव अधिकार समितिले विधेयकउपर दफावार छलफल गरेर प्रतिवेदन बुझाउने जिम्मेवारीसहित ११ सदस्यीय उपसमिति गठन गरेको हो ।

उपसमितिमा कांग्रेसबाट तीनजना, एमालेबाट दुई जना छन् । अन्यबाट एक–एक जना सदस्यहरु छन् । कांग्रेसबाट सदस्यको नाम टुंगो लाग्न बाँकी छ  । उपसमितिमा एमालेबाट प्रतीक्षा तिवारी र चन्द्रबहादुर विश्वकर्मा समिति सदस्य छन् ।

नेकपा माओवादीबाट रामकुमार राई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोविता गौतम, राप्रपाबाट ध्रुवबहादुर प्रधान, जनता समाजवादी पार्टीबाट रञ्जुकुमारी झा, एकीकृत समाजवादीबाट शेरबहादुर कुँवर र जनमत पार्टीबाट गोमा लाभ सापकोटा सदस्य छन् ।

सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक गत माघ २७ गते प्रतिनिधिसभामा दर्ता भएको थियो । गत वैशाख १५ गते समितिमा आएको विधेयकमाथि दफावार छलफल गर्न मंगलबार संसदीय उपसमिति गठन भएको हो । उपसमितिलाई १५ दिनको समय दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077