Online Nepal
  • मंगलबार, १३ साउन २०८२
  • देशमा रंगशाला बनाउनै नसकिने होइन : रवि लामिछाने

    देशमा रंगशाला बनाउनै नसकिने होइन : रवि लामिछाने

    अनलाइन नेपाल
  • बुधबार, २० भाद्र २०८०
  • 2.6K
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रंगशाला बनाउका लागि पहल गर्ने बताएका छन् ।

    एसिया कप हेरेर फर्किएका सभापति लामिछानेले यस्तो बताएका हुन् । सभापति लामिछानेले खेलाडीहरूको मनोबल बढाउनको लागि नीतिगत रूपमा आफ्नो ठाउँबाट सक्ने सहयोग गर्ने बताए।



    सभापति लामिछानेले भने,‘क्रिकेट रंगशाला बनाउनै नसकिने हुनै नसक्ने कुरा होइन । तर, सरकार र सरकारवालाहरू त्यतिखेर मात्रै जाग्छन् जब खेलाडीहरूले राम्रो नतिजा ल्याउँछन् । हामी हाम्रो परिधिभित्रबाट यसको विकासको लागि नीति निर्माणको तहमा छौं । हाम्रो तर्फबाट साथ छ । हामीले संसदमा पनि यो कुरा राख्छौं ।’

    उनले क्रिकेटमा देखेको सपना पूरा भएकाले आफ्नो तर्फबाट सबै भूमिका निर्वाह गर्न तयार रहेको प्रतिबद्धता जनाए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार