Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उत्तर कोरियालाई अमेरिकाको चेतावनी - रुसलाई हतियार बेचे मूल्य चुकाउनुपर्छ

एजेन्सी । उत्तर कोरियाले रुसलाई हतियार आपूर्ति गरेमा ‘मूल्य’ चुकाउनु पर्ने अमेरिकाले चेतावनी दिएको छ ।

उत्तर कोरियाली नेता किम जङ उन रुस भ्रमणमा जाने समाचार सार्वजनिक भइरहेका बेला वासिङ्टनले यस्तो चेतावनी दिएको हो ।

उत्तर कोरिया र रुसबीच हतियार आपूर्तिलाई लिएर सघन वार्ता सक्रिय रुपमा अगाडि बढिरहेको पनि बताइएको छ ।

यदि उत्तर कोरियाले युक्रेनविरुद्ध युद्ध लड्न रुसलाई हतियार प्रदान गरेमा उसले त्यसको मूल्य चुकाउनु पर्ने अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले बताए ।

उत्तर कोरियाली नेता किम राष्ट्रपति भ्लादिमिर पुटिनसँग हतियार वार्ताका लागि यसै महिना रुस भ्रमण जाने योजनामा रहेको खबर बाहिर आएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077