Online Nepal
  • शुक्रबार, १६ साउन २०८२
  • उत्तर कोरियालाई अमेरिकाको चेतावनी – रुसलाई हतियार बेचे मूल्य चुकाउनुपर्छ

    उत्तर कोरियालाई अमेरिकाको चेतावनी – रुसलाई हतियार बेचे मूल्य चुकाउनुपर्छ

    अनलाइन नेपाल
  • बुधबार, २० भाद्र २०८०
  • 1.3K
    SHARES

    एजेन्सी । उत्तर कोरियाले रुसलाई हतियार आपूर्ति गरेमा ‘मूल्य’ चुकाउनु पर्ने अमेरिकाले चेतावनी दिएको छ ।

    उत्तर कोरियाली नेता किम जङ उन रुस भ्रमणमा जाने समाचार सार्वजनिक भइरहेका बेला वासिङ्टनले यस्तो चेतावनी दिएको हो ।



    उत्तर कोरिया र रुसबीच हतियार आपूर्तिलाई लिएर सघन वार्ता सक्रिय रुपमा अगाडि बढिरहेको पनि बताइएको छ ।

    यदि उत्तर कोरियाले युक्रेनविरुद्ध युद्ध लड्न रुसलाई हतियार प्रदान गरेमा उसले त्यसको मूल्य चुकाउनु पर्ने अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले बताए ।

    उत्तर कोरियाली नेता किम राष्ट्रपति भ्लादिमिर पुटिनसँग हतियार वार्ताका लागि यसै महिना रुस भ्रमण जाने योजनामा रहेको खबर बाहिर आएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार