Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

दोस्रो पटक कारागारको पर्खाल नाघेर भागे 'टोपे'

बर्दिया । बर्दिया कारागारबाट एकजना कैदी दोस्रो पटक भागेका छन् । कारागार कार्यालय बर्दियाको पर्खाल नाघेर टोपे भन्ने अजिब बुढाक्षेत्री भदौ १७ गते बिहान ०३ः१५ बजेको समयमा फरार भएका हुन् ।

जिल्लाको सुतैया, ठाकुरबाबा नगरपालिका–८ का उनी फरार भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । २०७२ फागुन ५ गते हत्याको आरोपमा उनलाई बर्दिया जिल्ला अदालतबाट १९ वर्ष ११ महिना ६ दिन कैद सजायको फैसला भएको थियो ।

तर उनी सोही वर्षको फागुन ३० गते अदालत परिसरबाटै भागेका थिए । भागेको समेत कसुर जोडी ३० वर्ष कैद सजायको फैसला भएका उनलाई २०७९ कात्तिक २१ गते पक्राउ गरी कैद भुक्तानको लागि कारागार कार्यालय बर्दिया दाखिला गरिएकोमा भदौ १७ गते फेरि भागेका हुन् ।

प्रहरीले खोजी कार्य भइरहेको भन्दै उनको बारेमा कुनै पनि जानकारी भएमा जिल्ला प्रहरी कार्यालय बर्दिया वा नजिकको प्रहरी कार्यालयमा जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077