Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोशी प्रदेश सरकारविरुद्धको रिटमा आज जवाफी बहस, आजै आदेश आउन सक्ने !

काठमाडौं । कोशी प्रदेश सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइमा आज जवाफी बहस हुँदैछ ।

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतविरुद्ध परेको रिट हेर्दाहेर्दैमा राखिएको छ । निवेदक र प्रतिवादीको बहसपछि आज जवाफी बहस हुन लागेको हो।

यस मुद्दाउपर सर्वोच्च अदालतका न्यायाधीशत्रय सपना प्रधान मल्ल, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा निरन्तर सुनुवाइ भइरहेको छ । निवेदक पक्षको बहस सकिएपछि प्रतिवादीको बहस सुरु भएको थियो ।

मुख्यमन्त्री थापाले संविधान विपरीत विश्वासको मत लिएको भन्दै पूर्व मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले सर्वोच्चमा रिट दर्ता गराएका थिए ।

विश्वासको मत लिँदा प्रदेशसभाको अध्यक्षता गरेका ज्येष्ठ सदस्यले समेत मत दिएको भन्दै सभाध्यक्ष गर्नेलाई मतदानको अधिकार नरहेको दाबी रिट निवेदनमा गरिएको हो ।

निवेदक र प्रतिवादीको बहस मंगलबारै सकिएको छ। जवाफी बहसपछि आजै आदेश आउने सम्भावना रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077