Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुसी मिसाइल आक्रमणबाट १७ जना युक्रेनीको मृत्यु

एजेन्सी । रुसले गरेको मिसाइल आक्रमणमा परि १७ जना युक्रेनी नागरिकको मृत्यु भएको छ ।

युक्रेनको व्यस्त सहर कोस्त्यान्तिनिभ्कामा रुसले हिजो मिसाइल आक्रमण गरेको हो । सो आक्रमणमा मृत्यु हुनेमा एक बालक समेत रहेका छन् भने घटनामा २८ जना घाइते भएका छन् ।

राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले यो आक्रमणलाई अमानवीय रहेको टिप्पणी गरेका छन् । कोस्त्यान्तिनिभ्का सहर युक्रेनको पूर्वी भागमा रहेको दोनेत्स्क क्षेत्रमा पर्छ ।

दोनेत्स्कमा ७० हजार मानिसको बसोबास छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077