Online Nepal
  • आइतबार, ११ साउन २०८२
  • ‘यासिन ट्रफी’ अवार्डको मनोनयन सार्वजनिक

    ‘यासिन ट्रफी’ अवार्डको मनोनयन सार्वजनिक

    अनलाइन नेपाल
  • बिहिबार, २१ भाद्र २०८०
  • 1.5K
    SHARES

    एजेन्सी । उत्कृष्ट गोलकिपरलाई दिइने ‘यासिन ट्रफी’को मनोनयन सार्वजनिक भएको छ। फ्रान्स फुटबल म्यागजिनले बुधबार राति मनोनयनमा परेका १० गोलकिपरको नाम सार्वजनिक गरेको हो।

    यसअघि यो अवार्ड थिबाउट कोर्टुवा र एलिसन बेकरले जितेका थिए। बालोन डीओर अवार्ड जित्न गोलकिपरहरुलाई असम्भव जस्तै देखिएपछि फ्रान्स फुटबल म्यागजिन गोलकिपरका लागि भनेर यासिन ट्रफी प्रदान गर्न सुरु गरेको हो।



    बालोन डीओरको इतिहासमा अहिलेसम्म एक मात्रै गोलकिपर लेभ यासिनले सन् १९६३ बालोन डीओर अवार्ड जितेका थिए। उनैको नामबाट यासिन ट्रफी भनेर अर्को अवार्डको सन् २०१९ मा स्थापना गर्दै प्रदान गर्न सुरु गरिएको हो।

    सन् २०२२/२३ मा प्रदर्शन गरेको आधारमा मनोननयमा परेका १० गोलकिपरको नाम यासिन ट्रफीका लागि सार्वजनिक गरिएको छ।

    मनोनयनमा पर्नेहरूमा अल हिलालका यासिने बोउनोउ, रियल मड्रिडका थिबाउट कोर्टुवा, एसी मिलानका माइक मेगनान, बार्सिलोनाका मार्क आन्द्रे टेर स्टेगन र म्यानचेस्टर सिटीका इडर्सन रहेका छन्। यस्तै एस्टन भिल्लाका इमिलिआनो मार्टिनेज, म्यानचेस्टर युनाइटेडका आन्द्रे ओनाना, आर्सनलका आरोन राम्सडाले, फेनरबेचका डोमिनिक लिभाकोभिच र लेन्सका ब्राइस साम्बा मनोनयन सूचीमा परेका छन्। अवार्ड आउँदो अक्टोबर ३० मा प्रदान गरिनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार