Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोशी सरकारविरुद्धको रिटमा जवाफी बहस सकियो, आजै फैसला आउने

काठमाडौं । कोशी प्रदेश सरकार गठनविरुद्धको रिटमा जवाफी बहस सकिएको छ । कोशी प्रदेश का मुख्यमन्त्री उद्धव थापाविरुद्ध परेको रिटमा बहस सकिएको हो।

मुख्यमन्त्री थापाको तर्फबाट वरिष्ठ अधिवक्ता हरिहर दाहाल, खम्बबहादुर खाती, महादेव यादव, प्रेमबहादुर खड्का र सुनिल पोखरेल लगायतले बहस गरेका छन्।

मुद्दाको फैसला आजै गर्ने गरी इजलासले तयारी गरिरहेको छ । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले हालेको रिट निवेदनमा मंगलबार विपक्षीका तर्फबाट कानुन व्यवसायीहरूले बहस गरेका थिए।

सर्वोच्च अदालतका न्यायाधीशहरु सपना प्रधान मल्ल, डा। कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा सोमबारबाट उक्त मुद्दाको सुनुवाइ भएको थियो ।

भदौ ६ गते कार्कीले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा, प्रदेश प्रमुख परशुराम खापुङ्ग, सभाको अध्यक्षता गर्ने इस्राइल मन्सुरी, अध्यक्ष मण्डलकी सदस्य गीता तिम्सिनालाई विपक्षी बनाएर रिट निवेदन दिएका थिए ।

भदौ ४ गते प्रदेश सभाको बैठकको अध्यक्षता गरेका इस्राइल मन्सुरीले मत विभाजन सकिएर मत सच्याउने समय समेत अन्त्य भइसकेपछि मतदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077